Thursday, December 24, 2009

‘तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न सक्ने छैन त्यो पनि मलाई थाहा छ। तर तिमी मेरा लागि सधैँ सिन्दुरजस्तै रातो हुनेछौ। म तिम्रो रातोलाई मेरो ओठ र गालाहरुमा दलेर आनन्दित हुन चाहन्छु। म देख्छु तिमी त्यो रातोमा रगत बन्छौ र मुटुबाट शिरा र धमनीहरु हुदैँ मेरा अङ्ग अङ्गमा सल्बलाउँछौ। मेरा प्रत्येक चोटहरुमा तिमी त्यही रातो भएर बाहिर आउँछौ। मेरा खुशीहरुमा तिमी त्यही रातो भएर मेरा गालाहरुमा छाउँछौ। खासमा म प्रत्येक रातोमा तिमीलाई देख्छु’, timro अँगालोमा रोए पछि ma निकै हल्का । मैले timro चौडा गोरो निधारमा चुमेँ। शायद timro चाक्लो निधारमा यो मेरो last kiss thiyo 2 year ko lagi?

मेरा आँखाहरु पनि विस्तारै रसाए। मैले आँखाको आँशु नपोखियोस् भनेर परेलाको ढकनी लगाएँ। तर पनि केही थोपा ढकनीको भारले थिचिएर बाहिर बग्यो। शायद मलाई आँखाले रुन सिकायो, मुखले प्रत्येक पीडामा मौन रहन र कानले बहिरो हुन सिकायो। म यस्तै पीडाहरु सिकेर बाचेँ। मलाई लाग्छ— मान्छेले हाँस्न पनि आफै सिक्यो, दुखमा रुन पनि आफै सिक्यो। जन्मनु दुख थियो। र मान्छे जन्मिँदै रोयो। र म अहिले पनि जीवनका कति पीडाहरुमा आँशु बहाइरहेछु। प्रत्येक मान्छेलाई आमाको गर्भबाट पृथ्वीको गुरुत्वाकर्षणले धर्तीमा झारिदियो र ऊ रोयो। र मान्छे सके सम्म आफैमा आनन्दित हुन चाहिरहृयो। अरुको पीडा उसले सोचेन।

शायद त्यही भएर होला आफूलाई के के न ठान्दा पनि मान्छे दुखी हुन्छ केही होइन भन्ने ठान्दा पनि दुखी नै हुन्छ। प्रेमी वा प्रमिका वा शत्रु नै सम्झिँदा पनि मान्छे दुखी हुन्छ। दुख सम्झिँदा पनि दुखी हुन्छ र दुःख बिर्सिन खोज्दा पनि मान्छे दुःखी हुन्छ। किन त्यसो हुन्छ? किन सम्बन्धहरु विना कारण जोडिन्छन् र विना कारण टुक्रिन्छन्। सामान्यजस्ता लाग्ने कारणहरु किन भयानक भएर खडा हुन्छन्? जानै नपर्ने पहाडजस्तो सम्बन्धको भित्तो कसरी कमजोर बन्दै धसि्रँदै जान्छ? यस्ता प्रश्नहरु मसँग अनुत्तरित छन्।

never 4got me if u 4got me wil 4got 2 live

No comments: