मन थिएन भने मलाई मनमा साच्न ।
लगन गाठो पहिले मेरै नाम मा सुर्काएउ किन ?
पागल यो मेरो मनलाइ अति नै फुर्काएउ किन ? ?
-----x--------------------
सोचेको थिए तिमीलाई परिमा परी
फुलाको थिए भावना मन मा थरिमा थरि ।
मन थिएन भने दिलामा राख्न,
मन थिएन भने मलाई मनमा साच्न ।
सपनिमा आइ मलाई सधैं झस्काएउ किन ?
मुसुक्क मुस्काइ यो दिल लाइ चस्काएउ किन ?
---x--------------------x-
राखी नै सके तिमीलाई दिलमा कैदी झै थुनेर,
साँची नै सके तन-मनमा रानी झै मानेर ।
मन थिएन भने दिलामा राख्न,
मन थिएन भने मलाई मनमा साच्न ।
दोबाटो मा फर्किएर हेर्दै सुस्ताएउ किन ?
सुटुक्क कोइली झै बोली फुस्काएउ किन ?
निराजन् "प्रभात" लुइटेल
चन्द्रगढि-२ झापा(नेपाल)
हाल-दोहा कतार
No comments:
Post a Comment