Monday, December 1, 2008

पक्का हामी नेपाली आफनो पैशाले आफै बेचियाकोच्हू

कबिता
दुखीको आवाज
आमाको मामाताले पिल्सिएको मन
बम र गोलिको तापले जलेको तन
बिदेशिको ढोके र युद्धको ढाल बन्दा
आफू मरेर पैसा कमाउने सपनाले गर्दा
पैसाको जात्रामा यात्री बन्ने कू-प्रयास
भाग्यको भरमा मर्ने र जीउने नेपाली जीवन
उदासको पिन्जडामा थुनिएर मुक्त्तिको सपनाले गर्दा
क्रान्तिको पाइलामा अगाडि बढ्न खोज्दा
अन्यायी त्यो कठोर् हृदयले सास्ती दिदा
मेरो मन खिन्नताले पिल्सिएको छ
नेपाली स्वाभिमानले जिस्काएको छ
म नेपाली देश मेरो नेपाल
"जय कालीको एकताको आवाज"
कस्तो तुस्च्छ बिदेशी भौतिक जीवन
यस्तै दु:खलाई जीवन यात्री पाउदा
आसुँ खोज्छ आँखा बाट झर्न
आँखा रोक्छ आसुँलाई झर्न
तर
आसुँ आँखामा टनाटन
दु:ख बेदना मुटुको केन्द्र मा टनाटन
आसुँ आँखामा दु:ख मुटुमा
अब मैले चेतनाको दीप बल्नु छ
नेपाली युवा युवतिलाई ज्ञानको ज्योति हल्नु छ
म केही छैन आज सम्म थाकेको
किनकी मैले चेतनाको बिगुल फुक्नु छ
नेपाली दिल मा नयाँ ज्योति सल्काउनु छ
म एक देश भक्क्त नेपाली
यही हो म प्रवाशी दुखिको आवाज

No comments: