Tuesday, November 18, 2008


उही कालीको लागि

खोइ कुन शब्द बाट यस् लेखाइलाई आरम्भ गरौ या कुन शब्दले तिमिलाई सम्बोधन गरौ। शब्दकोषका बासि शब्दहरु शायद पुरनो हुन्छन होला, यदी शब्दकोष भन्दा अलग शब्दले सम्बोधन गर्दा कतै अलौकिक त होइने होइन!? भन्छन नाता सम्बन्ध ईश्वरले बनएर पठाउछन रे, सम्बोधन पनि ईश्वरको हातमै सुम्पदै यो पत्रलाई अगाडि बढाउछु ल।
युगौ-युग सम्मको प्रेमगत कुसुम स्‍मृतिहरु एंम हाल चालीरहेको प्रगतीका पाइलाहरु र भावि दिनहरुमा चालिने प्रत्येक प्रगतिको गोरेटाहरु साथै उन्नत्सिल तिम्रो जीवनलाई उन्नती प्रगतीको साथमा सफलताको सुभेक्षा मात्रा। हरेक गलत शब्द र धारणा पाए दु:खी प्रभात सम्झेर क्षमा गर्दै पढिदेउ ल र हृदयमा सजाएर राखिदेउ मेर कोरा कागजी दिललाई।
काली, पर्देशी हुनुको पिडा म कसरी बयान गरु, तिमीले ईमेल मा "मलाई भुलेको" भनेर जुन शब्द पठायौ म आतिए केही बेर मौन भए। म कसरी भन्नु कि कती माया छ मेरी काली को लागि यो छातीमा, शायद यो लेखानिमा यो माया प्रकट गर्ने क्षमतानै छैन होला, त्यसैले तिमीले मेरो पत्रको आसय बुझ्न सकिनउ। काली यस् ह्रेदयको मन्दिरमा तिमी मात्रा तिमी बिराजवत छौ। यस् हृदयको तरल माया ग्रहण गरेर मेरो अधिर मनलाई धीरज देउ। यस् अधिर मनको उदगार पोख्न लागेको छु यस्लाई तिम्रो कोमल निश्छल हृदयको सतहमा बसिभुत हुन देउ ताकी यो प्रेमको फूल ओईली न जाओस, झरी न जाओस कस्तै आधी मा पनि,कस्तै तुफानमा पनि।
आज ति माइवेनीमा हात समातेर हिनेको साथ साथमा माघे नुहएको, मुरै तिल को लड्डु वांडी चुडी खाएको, छैट पर्बमा मेचीको बगरमा रमाइलो गरेको स्‍मृतिका पानमा आज सम्म अन्कित छन। शायद बिस्म्रितिका खन्डहर हरुमा पुरिने छैनन आसा गरेको छु। समयका बलिष्ठ पन्जाले आज हामीलाई बिछोड गराएको छ। आखिर मानब जीवनको मिलन-बिछोड, दु:ख-सुख त भोगाइहो एकतर्फी संगम पनि। तसर्थ: काली आपसी नाता, प्रेम, स्नेह, प्रतिक्षा हो, केवल अनन्त यात्राको समिक्षा हो अनी धैर्यता पनि। तेसैले भन्छु काली ---"हान्छौ किन नयनवाण यो मुटुमा मेरो चाहिन्छ यहाँ पिरतिमा विश्वाशको घेरो.....हुन्छ त्यही औसी पनि तिमीले हांसे जुनेली रात जती टाढा जान्छौ तिमी राख्न खोज्छु तिमीलाई मेरो साथ।"
काली कुनै वाक्य यस्ता हुन्छन ति वाक्यले ठीक नयाँ करौतिको धारले मुटु रेटे जस्तो खपी नसक्नु अपार पिडाको अनुभुती गराउछ। हो साच्चै बिचलित गरयायो मलाई यो शब्दले(मलाई भुलेको) काली अब यस्ता शब्दका झटारो न हान्नु है कदापी यो पर्देशिको मन कुंडिन सक्छ। काली पर्देशमा मैले जीवन युद्ध कहिलै लडिन। पाउनलाई केही पनि पाइन तर हराये केही र केही गुमायेको छु तिम्रो साथ समय र माया मेरो के चल्छ जम्मामा सुन्य छु। मलाई कतारी जीवन देखी अल्छि लागेको त छैन तर यो जीवन भोगाइमा तिमी बाट टाढा भएर खुशी पनि पक्कै छैन तर, लाग्छ जस्तो छ ठीक छ जे छ राम्रै छ।
ल त ढिलै भये पनि एक पटक बिजय दशमी को शुभकामना साथमा हाम्रो दोश्रो महान चाड दीपावलीको अग्रिम शुभकामना। भुलेर पनि सम्झिदिनु, यादहरु सम्हालेर दिल भित्र राखी दिनु। बिदा! उही तिम्रो ........
निराजन "प्रभात" लुइटेल (चन्द्रगढी ,झापा-->हाल दोहा कतार)
-निराजन "प्रभात" लुइटेल
Nirajan_pravat2000@yahoo.com
.pravat@gmail.com
मान्छेहरु ........................
एकान्त वातावरणमा बलिरहेको शीखामा,
ताराहरु टलपलाईरहेको एकान्त गगनमा,
स्वार्थी, छल र कपटीको झटारो प्रहार गरने
सचेत प्राणीहरु पो रहेछन् मान्छेहरु।

आफनो ईच्छाहरु,कामनाहरु पुरा गर्न,
आफनो हासोा र खसी फिर्ता ल्याउन,
अरुको कलेजो र मुटु पनि लुटि बेचने
अजर र बलवान प्राणीहरु पो रहेछन् मान्छेहरु।

आफनो शुन्दर मनोहर घर बनाउन
परिवार र आफूलाई उन्नती गराउन
अरुको छप्ररोमा आगोको ज्वाला लगाउने
सुरबीरप्राणीहरु पो रहेछन् मान्छेहरु।

मुटुमा दन्कि रहेको जलन घताउना
आफ्नो घरमा दन्किरहेको आगो निभाउना
शरिरको रगत चुस्न कतिपनि नहिच्किचौने
समाजसेबी प्राणीहरु पो रहेछन् मान्छेहरु।

एक आतंककारी खोज्न,
आफनो देशमा भएको बिनासको बदलालिन,
सारा देशनै खरानी बनाउन खोज्ने,
एक शक्तिशाली गुटपो रहेछन् मान्छेहरु।

अध्यारो सम्राज्यलाई चिर्न,
आफनो कुटिल लक्ष्यमा छिर्न,
बम,गोली र क्रान्तिको नारा बर्साउने,
वैज्ञानिक सोच भएका टाउकेहरु पो रहेछन् मान्छेहरु।

सयौ लक्ष्मी जयन्तीमा अ ने स स को कबिता प्रतियोगितामा सहभागी कबिता
गजल
निराजन"प्रभात" लुइटेल
चन्दगदी,झापा
तिमी सिता तिमी राधा तिमीनै मेरी रम्बा
अरु जाउन अन्य तिर तर तिमीनै मेरी गंगा

तिमी झरना तिमी बिपन तिमीनै मेरी सज्जा
अरु खोजुन रेखा पाउन तर तिमी नै मेरी गंगा

तिमी रुबिन तिमी अबिन तिमीनै प्रबिना
अरु भनुन अनिता बिनित तर तिमीनै मेरी गंगा

तिमी कारीन तिमी रानी तिमीनै मेरी मनिषा
अरु धाउन बिपशा तिर तर तिमीनै मेरी गंगा

पुर्णिमा तिमी करुना तिमीनै मेरी सुन्तली
अरु रोजुन सरिता नन्दा तर तिमीनै गंगा

तिमी संगिता तिमी मन्जिला तिमीनै मेरी तनुजा
अरु चहुन अरु अरु दिलकी रानी तिमीनै मेरी जम्मा।

गजल

गजल..................................................
Nirajan pravat
भो मत हास्न चाहन्छु दु:ख मा नपार काली
मत अझै जिउन चाहन्छु बिछोड मा नमार काली

म सिङो बिरुवा हागा काटी सर्दिन काही
मलाई टुक्रा टुक्रा पारी मरुभुमिमा नसार काली

यो जीवन त अझै बाँकी छ सम्सर म जिउन
मायाको रेश बाट यसरी अर्ध बाटोमै नहार काली

हिजो तिम्रो मन कती उदार थियो म प्रती
आज के भयो साचो भन यसरी नटार काली