Wednesday, March 3, 2010

टाल्दा टाल्दै थाकी सके

च्यातिएको ठाउँ, टाल्दा टाल्दै थाकी सके,
मुटु भित्रको घाउ,बल्झि-बल्झि पाकी सके

हजुरहरु भन्नु हुन्छ मन चाख्नु पर्छ,
मैले त यो संसारको चालनै चाखी सके

जो-जो हिजो साथ थिए साथि म सँग
आज सबैले उन्नति-प्रगति आकि सके।

मर्दको छोरा मपनि,कहाँ थक्छु र?
आजै बाट सफलता को बाटो ताकी सके ।


निराजन् "प्रभात" लुइटेल
चन्द्रगढि-२ झापा(नेपाल)

अति नै फुर्काएउ किन ? ?

मन थिएन भने दिलामा राख्न,
मन थिएन भने मलाई मनमा साच्न ।
लगन गाठो पहिले मेरै नाम मा सुर्काएउ किन ?
पागल यो मेरो मनलाइ अति नै फुर्काएउ किन ? ?
-----x---------------------x---------------------x-------------
सोचेको थिए तिमीलाई परिमा परी
फुलाको थिए भावना मन मा थरिमा थरि ।
मन थिएन भने दिलामा राख्न,
मन थिएन भने मलाई मनमा साच्न ।
सपनिमा आइ मलाई सधैं झस्काएउ किन ?
मुसुक्क मुस्काइ यो दिल लाइ चस्काएउ किन ?
---x--------------------x-------------------x-----------------
राखी नै सके तिमीलाई दिलमा कैदी झै थुनेर,
साँची नै सके तन-मनमा रानी झै मानेर ।
मन थिएन भने दिलामा राख्न,
मन थिएन भने मलाई मनमा साच्न ।
दोबाटो मा फर्किएर हेर्दै सुस्ताएउ किन ?
सुटुक्क कोइली झै बोली फुस्काएउ किन ?



निराजन् "प्रभात" लुइटेल
चन्द्रगढि-२ झापा(नेपाल)
हाल-दोहा कतार

बालक हामी जवान भयौ,

बालक हामी जवान भयौ,
पढनलाइ भनि स्कुल आयौ
हसो र खेल रोधनको साथ
दश बर्ष बितायौ ।।


के मिठो नाता किताब सँग,
बुझ नै गाह्रो भो
दश बर्ष सन्म अध्ययन गरे
छोड्न लाइ साह्रो भो

पढ है पढ हे! प्यारा मित्र
राम्रोरी किताब पढन
देश को निम्ती बिकास गर्न
केही पाइला अगाडि बढन

कापिको खेत,अक्षरको बिउ
कलम को सहयोगले छरन
स्कुले जीवन बिताउनु परे
राम्ररी बिताउ ध्यान दिइ पढन

यो हाम्रो कला अगाडि बढोस्
सदमा सदा उन्नती गरोस्
हे!मेरा प्यारा मित्रहरु
तिम्रो निम्ती यही छ कामना

त्यो झङी फुलोश
फुलेर जओस् विस्व लाइ ढाक्न
बिद्यार्थी जीवन नगर हेला
हे! प्यारा सज्जन

बिद्यार्थी जीवन सुनको बिहान
पुस्तक को साथमा
बिकास गर्न पढनै पर्छ
कलम चाँही हातमा

आउहै मित्र अंगालो हालौ
अक्षर लाइ छर्नलाइ
अब हामी कलमै भिरौ
शान्तिको सन्देश भर्नलाई

त्यो न्यानो स्कुले जीवन
अब चाँही बिल्दैछ
त्यो सानो भाइ स्कुल जान
कलमले लेख्नलाइ सिक्दै छ





निराजन "प्रभात"लुइटेल
चन्द्रगढि-२ झापा
हाल-दोहा कतार