Wednesday, April 14, 2010

दाउरा आफै बलिराको ।

कसले नै पो देख्छ यहाँ भित्री मन जलिराको,
अरुलाइ नै ताप दिन, दाउरा आफै बलिराको ।

धेरै नाता तोडिएछ् समयले नेटो काट्दा,
कति छल्छन थाहा छैन इश्वरले नि छलिराको।

को' पो तत्पर होला यहाँ अरुलाई आशु झार्न
कति निस्वार्थी ,हावापनि अरुकै निम्ती चलिराको ।

दोषहरु थोपर्छन कलीयुगका मान्छे हरु,
आफै पतन हुदै छन, माटो झै गलिराको।

यहाँ कति आँखा सजल दु:खै-दु:खको चटाराले
हास्नेहरु हासी रहन्छन्, रुनेको आँशु झरिराको ।

गर्नुपर्छ सेवा हामी सबै मिली दुखिहरुको
हेर ! बादल फुटीकन हामै निम्ती परिराको



निराजन "प्रभात" लुइटेल
झापा चन्द्रगडि-२(फुलबारी टोल)
हाल-दोहा कतार

No comments: