Wednesday, April 14, 2010

आर्यघाटमा फलिदिन्छु

कति लेख्छु तिम्रै निम्ति कथा अनि गजल,
तिम्ले कुरा नबुझि दिदा आँखाहरु भए सगल

दुबै आँखा बन्द गरेपनि दिलको आँखा खोले को छु,
सपनिमा पनि झस्किदै तिम्रो नाम मात्र बोलेको छु ।

याद मात्र आइदिन्छ यो मन को बलेशी मा,
कति कति आँसु बगे यो आँखाको कुलेशिमा ।

टुटोस् मन जती टुट्छ,तिम्रै सम्झनाले टाली दिन्छु,
यादै यादमा मरे पछि यो जिन्दगीलाइ आर्यघाटमा फलिदिन्छु ।

No comments: