Wednesday, April 14, 2010

अ-शेस अ-शेस माया तिमीलाइ...................

अ-शेस अ-शेस माया तिमीलाइ यो

"काली"रित्तिएको आत्माबाट शक्ती हिनताको दाग लागेको खाली हातहरु बाट यो महान दिवस् मा के नै पो दिन सक्छु र,त्यसैले मात्र सम्झनाको छालहरु यिनै किवर्ड को सहयोग ले । हुन त यो माया को महासगरमा गोता लगाउन कुनै आईतवार कुर्नै पर्छ भन्ने छैन,तर पनि सरा जस्तै म पनि रमाउन खोजे माया मा डुब्न चाहे,यो बिशेष दिन पक्कै हो,त्यैले मात्र यो दिलको फोल्डरलाई तिम्रो मन को फोल्डरमा मेल गर्दै छु राम्रो सँग सुरक्षा गर है ।

प्रगढताको सितल्तामा महान्ताको संगीत गुन्जाउने यि अन्नत स्मरण मा चन्चलताहरु दिन त के कुरा गरौ हरेक पल स्मरण को मध्य स्थानमा परिवेशको निम्ताहरु एका एक रहदैनन भन्न सकिन्न ।जाँहा पत्थरझै काठओरता मा छटपटैइ रहेका ति जिवित आत्मामा गन्तव्य बिहिन बिचार अंकुर हुन्छन तब सहयोगी पत्रको खोजी हुदोरहेछ,तेही खोजकै पत्र हो तिमी मेरो जीवन मा ।

असार महिनामा गरामा टिलपिल पानी भरिएझै गहमा आँशु ।वियोग बेदनले मान्छे लाइ कति सम्म डढाउछ?सपनिमा तिमीलाइ देख्छु,तब केही आशाका किरण देखा पर्छन तर सपना आखिर सपना नै त हो,यो पापी मन भड्किन्छ,मान्दै मान्दैन त्यसैले काली भोली तिमी मेरो सपनि मा आउनु है,पक्का आउनु नि!मा तिम्रो पर्खैमा हुन्छु ।साच्चै यो दिलको दिल सँगको समागम इश्वेर को लीला हो,नत्र टाढा हुँदा यो मन नदुख्नु पर्ने हो,दर्शनको आशा न अंकुराउनु पर्ने हो । ।

मैले पहिला देखिनै यो तन्,मन तिमीलाइ सुम्पिएको थिए ।तर आज पनि फेरी यो अस्वेत कागजमा शब्दलाई ओकल्दै मनका भावना पोख्ने अठोट गरे ।यसरी मैले तिमी लाई समर्पित गर्दा आफ्नो मुटुमा परेका उल्लास,उमङ म कसरी व्याख्या गरु ?यो कलम सँग शब्द कहाँ छ र यो भाव-भावना लाइ समेट्ने ।

"काली"भगवानले मानिस् लाई ठुलो छाति दिएका छन्,जहाँ जती पनि माया अटाउन सक्छ,किन तिमी मेरो माया लुकाउन चाहन छौ ?मलाई थाहा छ तिमी पनि म मा हराउन चाहन्छौ,मलाई माया गर्छौ तर किन काली आखिर किन ? ? ?माया त जती गर्यो उति बढ्छ,माया मन को बैक मा राखेर ब्याज आउँदैन ।

जे भए पनि तिमी लाख लाख जुनि सम्म मेरी हो केबल मेरी ।यो मायाको दिवस् मा तिमी लाई शुभकामना है । । ।

हँशोको रंगशालामा आशुको अभिनए,
लेखिएको पत्रको अन्त्य मा मेरो परिचय

निराजन प्रभात लुइटेल
झापा, चन्द्रगढि-२
हाल दोहा कतार

No comments: